कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेलम्चीको पानी आपूर्ति २ महिना बन्द हुने

दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानीको सुरुङ  मर्मत गर्ने जनाएको छ । असार १ गते सुरुङदेखि भदौसम्म मर्मत गर्ने भएकाले दुई महिना पानी आपूर्तिमा कमि हुने भएको छ । मन्त्रालयका अनुसार उपत्यकाको पानी आपूर्तिमा कमी हुन नदिन विकल्पको खोजी भइरहेको छ । 

मेलम्चीको पानी आपूर्ति २ महिना बन्द हुने

‘विगत वर्षजस्तै यसपटक पनि वाग्मतीको पानी प्रशोधन केन्द्रबाट प्रशोधित गरेर पठाउने तयारी गर्छौं,’ मन्त्रालय का एक उच्च अधिकारीले भने, ‘जसरी पनि पानी आपूर्ति गर्नुपर्छ भन्नेमा छौं, विभिन्न चरणमा छलफल भइहरेको छ ।’ मेलम्ची कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई वैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिइसकेको ती अधिकारीले बताए । गत वर्षदेखि वर्षातको तीन महिना मेलम्ची खानेपानी आयोजनाले बाग्मतीबाट दैनिक करिब ३ करोड लिटर भन्दा बढी पानी प्रशोधन गरेर उपभोक्ताको घर घरमा पठाएको ती अधिकारीले बताए ।

वैशाखदेखि मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरेको हो । गत १५ चैत्रमा साडे ४ करोडबाट सुरु गरेको आयोजनाले पानी वितरण सुरु गरेको थियो । त्यसपछि पूर्णरुपमा १७ करोड लिटर पानी वितरण गर्न थालेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले नयाँ सुरुङ भएकाले नियमित मर्मत गर्नुपर्ने बताए । ‘कतै समस्या आएको होइन,’ उनले भने, ‘एक महिना अघि नै मर्मत गर्नु पर्ने हो, ढिलो भयो, अब त चाँडो चाँडोभन्दा मर्मत गछौं ।’ विभिन्न ढोका, सुरुङ, ढलान गरेको स्थान लगायतको निरीक्षण गरेर मर्मत गर्नुपर्ने उनले बताए । तर, हालसम्म आयोजनामा खराबी भने केही पनि नआएको उनले बताए । हाल मेलम्चीको पानी विभिन्न स्थान पठाइरहेको भन्दै उनले ती स्थानमा पानीको कमी हुन नदिने उनले बताए ।

मिनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज, बाँसबारी र महाकाल लगायतका वितरण केन्द्रमार्फत अहिले पानी वितरण भइरहेको उनले बताए । हाल काठमाडौं विभिन्न स्थानमा पानी पोखरीको निर्माण पनि अन्तिम चरणमा पुगेको भन्दै उनले पाइप सफा गर्ने काम पनि भइरहेको बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्यले १ हजार ५१ हजार ग्राहकको घरमा पानी वितरण भरहेको बताए । पानीको अभाव हुन नदिने भन्दै वैकल्पिक प्रक्रियाबाट पानी आपूर्ति गरिने बताए ।

प्रकाशित : जेष्ठ २०, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?