१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

थापाको १३ औं दिनको पुण्य तिथीमा वृक्षारोपण गर्न कार्यकर्ता र शुभचिन्तकलाई विवेकशील साझा पार्टीको आग्रह

काठमाडौँ — विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापा निधनमा विवेकशील साझा पार्टीले शोक प्रस्ताव पारित गरेको छ । 

थापाको १३ औं दिनको पुण्य तिथीमा वृक्षारोपण गर्न कार्यकर्ता र शुभचिन्तकलाई विवेकशील साझा पार्टीको आग्रह

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्वपंक्ति र सदस्यहरूलाई आह्वान गरेको छ । साथै, यहीबीचमा पार्टीमा "उज्वल थापाको जीवन र विचार" विषयमा छलफल र बहस चलाउने पनि निर्णय गरेको छ ।

अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेले एक विज्ञप्ती जारी गर्दै नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न थापाको अहम् भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।

थापाको निधनपछि बसेको पार्टी बैठकले शोक प्रस्ताव पारित गर्दै उनले ले अंगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने पनि निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ४:२५ बजे निधन भएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?