५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९८ जना निको

काठमाडौँ — २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९८ जना निको

यस्तै, २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?