महन्थ पक्षले गर्यो उपेन्द्रलाई जसपाबाट निष्कासन

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

जसपा नेता केशव झाले अध्यक्ष यादवलाई मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको बताए ।
केहिसमय अघि मात्रै यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।