१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संवैधानिक इजलास गठन विवादबारे चार न्यायाधीशको यस्तो छ राय [पूर्ण पाठसहित]

काठमाडौँ — संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

संवैधानिक इजलास गठन विवादबारे चार न्यायाधीशको यस्तो छ राय [पूर्ण पाठसहित]

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् । उनीहरु अहिले इजलासबाट बाहिरिएका छन् ।

रिट दायर गर्ने कांग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले न्यायाधीश श्रेष्ठले नेकपालाई विभाजन गर्ने फैसला गरेको र केसीले त्यसमा पुनरावलोकन नदिएको भन्दै उनीहरुले संसद् विघटन सम्बन्धी मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।

मंगलबारको इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठले 'दलको नामसम्बन्धी मुद्दा फरक मुद्दा भएको र उक्त फैसलाले प्रस्तुत मुद्दामा प्रभावित पार्ने नभएको' भन्दै अलग हुन अस्वीकार गरेका हुन् । यस्तै इजलासमा अर्का न्यायाधीश तेजबहादुर केसीले 'नेकपा नामको मुद्दा ३ न्यायाधीशको इजलासले पुनरावलोकन नगरेको तथा उक्त मुद्दाको र प्रस्तुत मुद्दामा स्वार्थ र सरोकार नभएकोले यो इजलासबाट आफूलाई अलग गर्न गम्भीर तथ्य र आधार नभएको' बताएका हुन् ।

दुई न्यायाधीशले संवैधानिक इजलासबाट अलग हुन अस्वीकार गरेकोमा इजलासका अर्का दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले भने असहमति व्यक्त गरेका थिए ।

यस्तो छ इजलास गठन विवादबारे न्यायाधीशहरुको रायः

प्रकाशित : जेष्ठ १८, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?