२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गण्डकी सरकारले ११ जिल्लालाई औषधि किन्‍न ५५ लाख दिने

कास्की — औषधि खरिदका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ५५ लाख रुपैयाँ दिने भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत समालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड १९ संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचारसम्बन्धी बसेको बैठकमा प्रदेशका ११ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई ५/५ लाखको दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

गण्डकी सरकारले ११ जिल्लालाई औषधि किन्‍न ५५ लाख दिने

यसैगरी, अक्सिजन फिलिङ र ढुवानीका लागि ११ वटै जिल्ला अस्पताललाई ५/५ लाख रुपैयाँ दिइने निर्णय भएको छ । कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन प्रत्येक जिल्ला अस्पतालाई ५/५ लाख रुपैयाँको दरले ५५ लाख रुपैयाँ दिने निर्णय पनि सो बैठकले गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सबै जिल्लाका डीसीसीएमसीलाई कोभिड व्यवस्थापनका लागि पनि २/२ लाख रुपैयाँ दिने निर्णय भएको छ । यससँगै प्रदेश सरकारले गाउँ गाउँमा एन्टिजेन परीक्षणको दायरा बढाउने भएको छ ।

समयमै कोभिड परीक्षणका लागि कर्मचारीलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँ गाउँ खटाउने योजना सरकारले तय गरेको छ । भर्चुअल बैठकमा सबै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला अस्पतालका मेसुर, जिल्ला आयुर्वेद अस्पतालका प्रमुख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ १६, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?