२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ — नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक स्थगित

उनका अनुसार अर्को बैठक सोमबार बिहान १० बालुवाटारमा नै बस्ने भएको छ ।

बैठकमा पार्टीको विवाद समाधान, स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?