‘गर्भवती जाँच तथा प्रसूति सेवा निरन्तरता दिनु’

काठमाडौँ — सरकारले गर्भवती जाँच तथा सुत्केरी सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्था, सरोकारवाला र व्यवस्थापकहरुलाई ध्यानाकर्षण गराएको छ । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिकाबमोजिम सेवा प्रवाह गराउन भनेको छ ।

महिला, नवजात शिशु, बालबालिका एवं किशोरकिशोरीसँग सम्बन्धित गर्भवती जाँच, प्रसूति सेवा, सुत्केरी सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, पोषण, किशोरकिशोरी प्रजनन् स्वास्थ्य, खोप तथा बाल स्वास्थ्यसँग सम्बन्धित सेवाहरु प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै सेवाहरु निरन्तरता दिन भनिएको छ । ‘कोरोनामा मात्रै फोकस भएर उल्लिखित अत्यावश्यक एवम् आकस्मिक सेवा अवरुद्ध भएमा जनस्वास्थ्यमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन असर पर्न गई मृत्युसमेत हुन सक्ने हुँदा स्वास्थ्य मापदण्ड पालना गरेर निरन्तरता दिन भनेका हौं,’ महाशाखाकी चिकित्सक डा.पुण्या पौडेलले बताइन् । उक्त सेवाहरु आवश्यक पर्ने सेवाग्राहीहरुले कोभिड–१९ को रोकथाम मापदण्ड पालना गरी उपलब्ध भएसम्म आफ्नो पहिचान खुल्ने कागजात लिई पायक पर्ने स्वास्थ्य संस्थाबाट सेवा लिनुपर्नेछ ।

प्रकाशित : जेष्ठ १३, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?