१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिनियाँ समकक्षी सीलाई राष्ट्रपति भण्डारीको आग्रह,‘चीनबाट खोप खरिद गर्नको लागि सहजीकरण गरिदिनुहोस्’

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिनलाई नेपाललाई खोप खरिदमा सहजीकरण गरिदिनका लागि आग्रह गरेकी छन् । 

चिनियाँ समकक्षी सीलाई राष्ट्रपति भण्डारीको आग्रह,‘चीनबाट खोप खरिद गर्नको लागि सहजीकरण गरिदिनुहोस्’

भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदको लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको थियो । ‘अहिले नेपाली जनताको जीवन बनाउनको लागि आवश्यक छ । अहिलेको अवस्थामा कोभिड–१९ खोपको नेपाललाई आवश्यक छ । नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’ राष्ट्रपति भण्डारीको संवादलाई उदृत गर्दै सञ्चार विज्ञ ढकालले भने ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ढकालले जानकारी दिए ।

चीनले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि हालसम्म स्वास्थ्य सामग्रीसहित ८ लाख सिनोफार्मको भेरोसेल खोप अनुदान सहयोग गरेको छ ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।


प्रकाशित : जेष्ठ १२, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?