३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्‍न पसल पनि बन्द

विकास निर्माणका सवारी साधन पनि एक साता गुड्न नपाइने
मातृका दाहाल

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।  

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्‍न पसल पनि बन्द

विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

'यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त छन् । उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान पछिल्लो पटक जारी गरिएको कोभिडसम्बन्धी अध्यादेशअनुरुप हुने छ,' ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने ।

प्रकाशित : जेष्ठ ११, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?