कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ । 

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

प्रकाशित : जेष्ठ ११, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?