कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एकै दिन १८० जना सगरमाथामा

काठमाडौँ — विदेशी आरोही तथा उनीहरूलाई सघाउने शेर्पाहरूसहित आइतबार साँझसम्म एकै दिन कम्तीमा १ सय ८० जना सगरमाथा चुचुरोमा पुगेका छन् । 

एकै दिन १८० जना सगरमाथामा

चालु सिजनका लागि यो एकै दिन पुगेकाको सर्वाधिक संख्या हो । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आइतबार एकै दिन यति धेरै संख्यामा आरोही शिखरमा पुगेको खबर आएको बताइन् । यसपटक धेरै टोलीलाई आरोहण व्यवस्थापन गर्ने सेभेन समिटका अध्यक्ष मिग्मा शेर्पाका अनुसार १२ दिनपछि मौसमले साथ दिएकाले एकै दिन सर्वाधिक संख्यामा आरोही शिखरमा पुगेका हुन् ।

यस पटक ४ सय ८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यीमध्ये आइतबारसम्म आरोहण गर्नेको संख्या तीन सय नाघेको अनुमान छ । यस पटक वैशाख २४ बाट सगरमाथा आरोहण सुरु भएको थियो । सगरमाथामा हालसम्म एक नेपाली गाइड र दुई विदेशी आरोहीको मृत्युका घटना पनि भएको छ । व्यवस्थापन कम्पनीहरूले अझै करिब दुई साता सगरमाथा आरोहण चल्ने प्रक्षेपण गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७८ २२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?