राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु 

सुवास विडारी

मकवानपुर — राष्ट्रियसभा सदस्य पदका लागि वाग्मती प्रदेशमा विहीबार भएको मतदानपश्चात् मतगणना सुरु भएको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु 

विहान नौ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचन आयोगका अनुसार साढे ४ बजेबाट मत गणना सुरु भएको हो । साँझ ६ बजेसम्म मतगणा सकिने बताइएको छ । आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् । वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए । जसमा २३३ जना मतदानमा सहभागी भएका हुन् ।

राष्ट्रिय सभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । स्वतन्त्र भनिएका देवकोटालाई माओवादी–कांग्रेसको समर्थनमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले संरक्षण दिएका छन् । नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङको समेत उम्मेदवारी रहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?