२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एमाले नेता यादवको कोरोनाले निधन

श्यामसुन्दर शशि

जनकपुर — नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोरोना संक्रमणबाट निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा दुई सातादेखि उपचाररत यादवको बिहीबार बिहान निधन भएको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । 

एमाले नेता यादवको कोरोनाले निधन

५४ वर्षीय यादव पूर्वी धनुषाको सबैला गाउँका बासिन्दा थिए । विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका यादव २०५६ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसकी लीला कोइरालालाई पराजित गरी पहिलोपटक सांसद निर्वाचित भएका थिए ।

पारिवारिक स्रोतका अनुसार यादव डाइबिटिजका दीर्घरोगी थिए भन्ने एक वर्षदेखि मृगौला रोगबाट समेत ग्रस्त थिए । उनको नियमित डायलसिस हुँदै आएको थियो । दुई महिनाअघि उनको मुटुको बाइपास सर्जरी गरिएको थियो ।

मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेका बेला उनलाई कोरोना संक्रमण भएको थियो । उपचारार्थ मेडिसिटीमा भर्ना गरिएका यादवलाई विगत चार दिनदेखि भेन्टिलेटरमा राखिएको तथा पछिल्लो पटक स्वास्थ्यमा सुधार हुन थालेकोमा बिहीबार अचानक निधन भएको अस्पताललाई उद्धृत गर्दै एमाले जिल्ला इन्चार्ज मण्डलले जानकारी दिए ।

यादवका सहयोगी तथा साबिक सबैला गाविसका उपाध्यक्ष राजु गुप्ताले यादवको निधनबाट नेकपा एमालेले होनहार नेता गुमाएको प्रतिक्रिया दिएका छन् । यादवका दुई श्रीमती तथा तीन छोरा छन् ।

प्रकाशित : जेष्ठ ६, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?