कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

मनोज पौडेल

कपिलवस्तु — नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको छ । 

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए ।

घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । बुटवलका अस्पतालमा कतै भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।

घटनाबारे थाहा पाएपछि थप बुझने काम भइरहेको माओवादी केन्द्रका जिल्ला सचिव बिष्णु साहले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?