दाउन्‍ने दुर्घटनामा मृत्यु भएका सबैको सनाखत- समाचार - कान्तिपुर समाचार

दाउन्‍ने दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको दाउन्नेमा बुधबार सवारी दुर्घटनामा परेर मृत्यु भएका चारै जनाको सनाखत भएको छ । काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भीरबाट करिब १ सय ५० मिटर तल खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाका अनुसार मृत्यु हुनेहरुमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिकाका धनराज घर्ती, बाझिकोट गाउँपालिका ५ की देवी केसी र मुसिकोट नगरपालिकाका १ का २१ वर्षीय गोपाल ओली रहेका छन् ।

दुर्घटनामा ४२ जना घाईते भएका छन् । घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भएको छ भने ७ जनाको बुटवलमा उपचारका भइरहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको समयमा करिब ५० जना यात्रु बोकेर बस कसरी नवलपरासीसम्म आइपुग्यो भन्ने खोजबिन भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा प्रहरीका लागि अक्सिजनसहितको १० बेडको आइसोलेसन

रूपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले आफ्ना सहकर्मीका लागि १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आइसोलेसनमा राख्न नेपालगन्ज उपमहानगरपालिका १० गणेशमान चोकमा रहेको निःशुल्क लागूऔषध परामर्श केन्द्रको भवनमा आसोलेसन केन्द्र निर्माण गरिएको हो ।

डियुटीको दौरानमा कोरोना संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेसन केन्द्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । उनले ४ बेड अक्सिजनसहितको रहेको र बाँकी बेड नर्मल अवस्थाको तयार गरिएको बताए ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको प्राविधिक सहयोग सहकार्यमा अक्सिजनसहितको ४ बेड र साधारण ६ वटा गरी १० बेड क्षमता भएको आइसोलेसन केन्द्र स्थपना गरिएको हो ।

बाँकेमा दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएपछि ४१ जना प्रहरी कर्तव्यपालनको क्रममा संक्रमित भएका र तीमध्ये ३१ जना कोरोना संक्रमणमुक्त भई घर फर्केको प्रहरी उपरीक्षक रानाले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७८ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×