चीनले पठाएका १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगे

रासस

काठमाडौँ — चीन सरकारले नेपालका लागि पठाएका अक्सिजनका १८ हजार खाली सिलिन्डर तातोपानी नाकामा आइपुगेका छन् । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

चीनले पठाएका १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगे

उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डर अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४ सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी १ हजार ६ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदै छ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली संघको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

प्रकाशित : जेष्ठ २, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?