प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ । 

बैशख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।'

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन् । सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार महासंघ काभ्रेमा आपतकालीन राहत कोष स्थापना

कान्तिपुर संवाददाता

काभ्रे — कोरोना संक्रमणको जोखिमबीच खटिने पत्रकारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ काभ्रे शाखाले ५ लाख राशिको आपतकालीन राहत कोष स्थापना गरेको छ ।

कोरोना महामारीका बेला जिल्लामा क्रियाशील संचारकर्मीलाई आफू सक्रिय रहेको पेसा र संस्थाबाट राहत महसुस गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको अध्यक्ष बद्रिराज तिमिल्सनाले जानकारी दिए । ‘महासंघले तत्कालै एउटा कार्यविधि बनाएर पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामग्री, खाद्यान, औषधोपचार लगायतका काममा कोष खर्च हुनेछ,’ उनले भने ।

कोषमा पत्रकार लगायतका विभिन्न संघसंस्था, व्यवसायीले सहयोग गरेका छन् । महासंघ अध्यक्ष तिमल्सिनाले १० हजार, प्रदेश परिषद् सदस्य कविता शर्माले १० हजार, दिपक गौतमले १५ हजार, व्यवसायी चन्द्र हुमागाई, कृष्णहरि आचार्यले १०/१० हजार, पत्रकार प्रल्हाद शर्मा हुमागाई, सन्तोष न्यौपाने, त्रिमुर्ती डेभलपर्स र भोला भट्टराईले ५ हजार सहयोग गरेका छन् ।

अन्य व्यक्ति र संघसंस्थाले पनि सहयोगको लागि प्रतिबद्धता जनाएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि काभ्रेमा ४ जना सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।


प्रकाशित : वैशाख ३०, २०७८ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×