अक्सिजन सिलिन्डर उपलब्ध गराउन गृह मन्त्रालयको अपील

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले अस्पतालबाहेक अन्य प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर नजिकका स्थानीय प्रशासन वा स्थानीय निकायमा उपलब्ध गराउन अपील गरेको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सिलिन्डर उपलब्ध गराइदिन विशेष अपील गरेका हुन् । 'यस विषय परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा गृहमन्त्रालयले समन्वयकारी भूमिका निर्वा गरिरहेको हुँदा कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पताल बाहेक अन्य प्रयोजनमा विभिन्‍न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, CTEVT का तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर स्वत:स्फूर्त रुपमा नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराई,' विज्ञप्तिमा लेखिएको छ ,'कोभिड उपचारजस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सकारको कोभिड १९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृहमन्त्रालय सबैमा विशेष अपील गर्दछ ।'

मन्त्रालयकै पहलमा बिहीमात्रै नेपाली सेनाको स्काईट्रक प्रयोग गरी ६० सिलिन्डर काठमाडौं ल्याइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

माधव नेपालले धोका दिएकै त नभनौं तर हाम्रो सरकारचाहिँ नबन्ने भयो : नारायणकाजी 

कान्तिपुर संवाददाता

काठमाडौँ — मा‌ओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधव पक्षले बहुमतको सरकार बनाउने भन्दा प्रधानमन्त्री केपी ओलीसँगै एकताबद्ध भएर अघि बढ्ने नीति लिएको देखिएका कारण आफ्नो पार्टीले सरकार गठनमा अग्रसर नहुने निर्णय गरेको बताएका छन् । 

जसपा नेता उपेन्द्र यादवलगायतसँग पार्टी नेताहरुको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको उनले छलफलपछि संवाददाताहरुलाई बताए । 'यसलाई नेपाल पक्षले धोका दिएको भनेर त म टिप्पणी गर्दिनँ तर उहाँहरु ओलीजीसँगै एकताबद्ध भएर जाने नीतिमा गएको देखियो,' श्रेष्ठले भने । मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतालाई भेट गर्नुअघि यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मत लिन नसकेपछि देउवा, दाहाल र यादवले राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार आह्वान गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । लगत्तै राष्ट्रपतिले तीन दिनको समय सीमा तोकी उनीहरुले भनेजस्तै संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन आह्वान गरेकी थिइन् । उनले दिएको समय सीमा आजै राती ९ बजे समाप्त हुँदैछ ।

प्रकाशित : वैशाख ३०, २०७८ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×