माधव नेपालले धोका दिएकै त नभनौं तर हाम्रो सरकारचाहिँ नबन्ने भयो : नारायणकाजी - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव नेपालले धोका दिएकै त नभनौं तर हाम्रो सरकारचाहिँ नबन्ने भयो : नारायणकाजी 

कान्तिपुर संवाददाता

काठमाडौँ — मा‌ओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधव पक्षले बहुमतको सरकार बनाउने भन्दा प्रधानमन्त्री केपी ओलीसँगै एकताबद्ध भएर अघि बढ्ने नीति लिएको देखिएका कारण आफ्नो पार्टीले सरकार गठनमा अग्रसर नहुने निर्णय गरेको बताएका छन् । 

जसपा नेता उपेन्द्र यादवलगायतसँग पार्टी नेताहरुको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको उनले छलफलपछि संवाददाताहरुलाई बताए । 'यसलाई नेपाल पक्षले धोका दिएको भनेर त म टिप्पणी गर्दिनँ तर उहाँहरु ओलीजीसँगै एकताबद्ध भएर जाने नीतिमा गएको देखियो,' श्रेष्ठले भने । मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतालाई भेट गर्नुअघि यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मत लिन नसकेपछि देउवा, दाहाल र यादवले राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार आह्वान गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । लगत्तै राष्ट्रपतिले तीन दिनको समय सीमा तोकी उनीहरुले भनेजस्तै संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन आह्वान गरेकी थिइन् । उनले दिएको समय सीमा आजै राती ९ बजे समाप्त हुँदैछ ।

प्रकाशित : वैशाख ३०, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल सुपर लिग : काठमाडौं फाइनलमा

कान्तिपुर संवाददाता

हिमेश — काठमाडौंं रेजर्सले बिहीबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । उसले यसका लागि दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–० को प्रभावशाली जित निकाल्यो । अब शनिबार हुने उपाधिको भिडन्तमा काठमाडौं र धनगढी एफसी भिड्ने छन् । हारले भने प्रतियोगितामा ललितपुरको उत्कृष्ट पुर्नआगमन यात्रा टुंगेको छ ।

पहिलो क्वालिफायरमा धनगढीसँग हारेपछि काठमाडौंले यो खेल खेल्नु परेको हो । ललितपुरले भने बुटवल–लुम्बिनी एफसीलाई पन्छाएर यस खेलका लागि योग्य भएको हो । लगातार ६ खेलपछि ललितपुर प्रतियोगितामा पराजित भएको यो पहिलो पल्ट हो । लिग चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई नै हराएको थियो ।

लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिमबीच नै अब फाइनल हुनेछ । अन्तिम अंक तालिकामा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहेको थियो । काठमाडौंले यसपल्ट प्राप्त गरेको जितमा तीनै गोल क्यामरुन खेलाडीको नाममा रह्यो । मेसुके ओलेमोउले पहिलो हाफमा सात मिनेटको अन्तरमा दुई गोल गरे ।

उनले १५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । कमल श्रेष्ठले मेसुकेलाई नै पेनाल्टी एरियामा लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो । ललितपुरले चार खेलपछि खाएको यो नै पहिलो गोल हो । धनगढीविरुद्ध लिग चरणको तेस्रो खेलमा ललितपुरले अन्तिम पटक गोल खाएको थियो ।

त्यसयता उसले ३ सय ९२ मिनेटपछि विपक्षीलाई गोलको अवसर दिएको हो । मेसुकेले नै २२ औं मिनेटमा बायाँ खुट्टाको शक्तिशाली प्रहारको मद्दतले दोस्रो गोल गरे । यससँगै प्रतियोगितामा उनको गोल संख्या सात पुगेका छ र उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् । स्टेफन बिनोङले ५९ औं मिनेटमा ललितपुर एफसीले बिछ्याएको अफ साइड ट्रायप तोडेर तेस्रो गोल गरे ।

उनको यो तेस्रो व्यक्तिगत गोल हो । खेलको सुरुआती सातौं मिनेटमा ललितपुरका लागि क्रोएसियाली खेलाडी फिलिम फोसिनकोभिच खालि पोस्टमा गोल गर्न चुकेका थिए र यो टिमका लागि अन्तत: महँगो सावित भयो । लगातार एक दिनको अन्तरमा खेल्नु परेको हुनाले ललितपुरलाई त्यसले फाइदा गरेन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×