कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको बिहीबार निधन भएको छ । संघका महासचिव सुजित श्रेष्ठअनुसार गैरे ९ दिनअघि कोरोना भाइरसबाट संक्रमित थिए । 

कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारत अध्यक्ष गैरेको बिहीबार साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको संघले जनाएको छ । उनका श्रीमती र छोरा पनि कोरोनाबाट संक्रमित भएका छन् ।

उनको अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।


प्रकाशित : वैशाख ३०, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?