थपिए २४ घण्टामा ८ हजार ८४२ संक्रमित, ५ हजार ५५ जना कोरोनामुक्त 

काठमाडौँ —  २४ घण्टामा देशभर ८ हजार ८४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ ।

थपिए २४ घण्टामा ८ हजार ८४२ संक्रमित, ५ हजार ५५ जना कोरोनामुक्त 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेन्टाइनमा ४९७ जना छन् ।

हालसम्म २७ लाख १२ हजार ५६२ पीसीआर परीक्षण भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?