महन्थ ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसाेर्टमा

काठमाडौँ — जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्‍याएका हुन् ।

महन्थ ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसाेर्टमा

एक सांसदले भने, 'अहिले हामी एक रिसाेर्टमा छाैं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसाेर्टमा छाैं ।'

सांसदहरूलाई रिसाेर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महताे पनि साथमै रहेका छन् । 'कुन रिसाेर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महताे पनि हुनुहुन्छ । सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,' ती सांसदले भने ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसाेर्टमा भेला गराउन सकेका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?