१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निलम्बन फुकुवा पार्टी एकताका लागि एक कदम सकारात्मक छ : गोकर्ण विष्ट

काठमाडौँ — एमाले सचिव गोकर्ण विष्टले माधवकुमार नेपालसहित चार नेतामाथि भएको निलम्बन फुकुवाको निर्णय सकारात्मक भएको बताएका छन् ।

निलम्बन फुकुवा पार्टी एकताका लागि एक कदम सकारात्मक छ : गोकर्ण विष्ट

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया दिँदै नेता विष्टले उक्त निर्णय पार्टी एकताको लागि एक कदम सकारात्मक रहेको बताए ।

‘पार्टी एकताको लागि चार नेतामाथिको कारबाही फुकुवा एक कदम सकारात्मक छ । तर, माओवादी केन्द्रसँग एकता गर्नुपूर्वका केन्द्रीय कमिटी, त्यसको मातहत कमिटी र जनसंगठनका संरचनाहरुलाई पूर्ववतः अवस्थामा फर्काएर अगाडि बढ्दा एकता जोगाउन सकिन्छ । यसका लागि सबै गम्भीर हुनुपर्छ,’ विष्टले कान्तिपुरसँग भने ।

नेता विष्टका अनुसार यसबारे थप छलफल गर्न ओली र नेपालबीच संवाद हुने भएको छ । ‘केपी ओली कमरेड र माधव कमरेडबीच संवाद गर्ने भन्ने भएको छ । तर, पार्टीलाई ०७५ जेठ २ मा फर्काउनु पर्छ । जेठ २ मा फर्किए सहमति हुन्छ । जेठ २ मा फर्काउन नसके कुनै पनि प्रकारको गम्भीर निर्णयमा जाने भन्ने भएको छ,’ विष्टले भने ।

खनाल–नेपाल समूहले ओलीपक्षलाई साढे चार बजेसम्मको समय दिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?