२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राजमोका सांसद शाहीले भने, ‘म गठबन्धनमा छैन’

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि गठबन्धनलाई सहयोग गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू कुनै पनि गठनबन्धनमा नरहेको बताएका छन् । 

राजमोका सांसद शाहीले भने, ‘म गठबन्धनमा छैन’

चार दलको गठबन्धनमा आफ्नो हस्ताक्षर रहेको प्रति आपत्ति जनाउँदै उनले गठबन्धनमा नरही तटस्थ रहेको विज्ञप्तीमार्फत जानकारी दिएका छन् । यसभन्दा अघि राजमोकै कृष्ण थापाले पनि कुनै गठबन्धनमा नरहेको जनाएका थिए । राजमोका गण्डकीमा ३ सदस्य छन् ।

सचेतक पियारी थापाले मात्र गठबन्धनलाई सहयोग गरेकी छन् । गठबन्धनलाई सहयोग गर्न थापाले दुवै जनालाई सोमबार ह्रवीप जारी गरेकी थिइन् । प्रदेश प्रमुखकोमा गठबन्धनले बहुमत दाबी गर्दै पत्र बुझाएपछि उनले तटस्थ रहेको बताएका हुन् ।


प्रकाशित : वैशाख २९, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?