कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी 

काठमाडौँ — अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि नेपालमा पनि आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ ।  

अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधबार लेभल–४ को ट्राभल हेल्थ नोटिस जारी गर्दै नेपाललाई कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकमा राखेको छ ।

उक्त सूचना अनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार नेपालका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा नेपालमा भ्रमण नगर्न भनिएको छ ।

नेपालको नियमित अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले नेपालस्थित अमेरिकी राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?