१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुख्यमन्त्रीमा दाबी पेश गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने  

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै पत्र बुझाउने तयारी भएको माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । 

मुख्यमन्त्रीमा दाबी पेश गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने  

उनका अनुसार चारवटै दलका नेताको उपस्थितिमा रहनेछ । सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि सबै दलका नेताले आफ्नो संख्या टिकाउँदै पत्र बुझाउन लागेको चुमानले बताए ।

वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले बहुमतको दाबी गर्दै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

प्रकाशित : वैशाख २९, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?