कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थापालाई राजमोले संसदीय दलको नेताबाट हटायो

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।

थापालाई राजमोले संसदीय दलको नेताबाट हटायो

बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जानकारी दिइन् । उनका अनुसार केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । उनले अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने बताइन् ।

थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको उनले बताइन् ।

पोखरामा पार्टी महासचिव मनोज भट्टको नेतृत्वमा बैठक बसेको थियो । सो बैठकले उक्त निर्णय गरेको हो । सचेतक थापाले आफ्नो पार्टीको तीन जना सदस्य दाबी गर्दै प्रदेश प्रमुख समक्ष गठबन्धनलाई साथ दिएको जानकारी दिने तयारीमा छन् ।

राजमोले गठबन्धनलाई सहयोग गरेको छ । पार्टीको निर्णय अनुसार थापाले गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका थिएनन् ।

प्रकाशित : वैशाख २९, २०७८ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?