ओमनबाट ६ सय अक्सिजन सिलिन्डर आउँदै

काठमाडौँ — गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो । 

ओमनबाट ६ सय अक्सिजन सिलिन्डर आउँदै

मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । ‘अक्सिजन सिलिन्डरका लागि अर्डर भइसकेको छ । कम्पनीले हामीलाई बिल पठाइसकेको छ । पहिलो किस्ताको रकम बुधबार नै भुक्तानी गर्छौं,’ उनले भने । एनआरएनले मस्कटस्थित अल हप्सी ट्ेरडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो ।

सिलिन्डरका लागि झन्डै ७५ लाख रुपैयाँ पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । नपुग रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । ‘हामी खरिद गरेर दूतावासलाई दिन्छौं । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् । ‘हामीले आइतबार नै नेपाल पठाउनका लागि आवश्यक समन्वय गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भनिन् ।

प्रकाशित : वैशाख २९, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?