१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेसले नयाँ सरकार गठनका लागि माधव-झलनाथ र महन्थ ठाकुरसँग वार्ता गर्ने

हामी बिहीबार बहुमत सदस्यको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष जान्छौं : पौडेल
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि सबै राजनीतिक दलहरुसँग वार्ता गर्ने भएको छ । राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस यसमा जुटेको हो । 

कांग्रेसले नयाँ सरकार गठनका लागि माधव-झलनाथ र महन्थ ठाकुरसँग वार्ता गर्ने

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल-झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ । 'हामीले सबैसँग संवाद गरिरहेका छौं, महन्थ ठाकुरदेखि माधव-झलनाथसँग पनि हामी वार्ता गर्छौं,' पदाधिकारी बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले कान्तिपुरलाई भने, 'बिहीबारसम्म हामी बहुमत सदस्यको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष जान्छौं ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएपछि उनी सोमबारदेखि पदमुक्त छन् । कांग्रेस र माओवादी र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूह बहुमतको सरकार बनाउने पक्षमा देखिएका छन् । कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?