२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो

रासस

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ ।

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले मंगलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताए ।

'हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ', उनले भने, 'अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।' उनका अनुसार आगामी आइतबारदेखि पुनः पीसीआर गरिनेछ ।

प्रकाशित : वैशाख २८, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?