२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोरोनाविरुद्ध सघाउन आग्रह गर्दै साझेदार निकायहरूलाई मन्त्रालयको पत्र

जनकराज सापकोटा

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रमा सघाइरहेका साझेदार संघसंस्थाहरूसँग सहयोगको अपिल गर्दै पत्राचार गरेको छ । मन्त्रालयले कोभिडविरुद्धको लडाइँमा अत्यावश्यकीय स्वास्थ्य उपकरण र सामग्रीहरूको संकट चुलिँदै गएको भन्दै सोमबार सहयोगको अपिल गरेको हो । 

कोरोनाविरुद्ध सघाउन आग्रह गर्दै साझेदार निकायहरूलाई मन्त्रालयको पत्र

कोभिडसँग लड्न मानवीय सहायताको हात बढाइदिन भन्दै मन्त्रालयले गरेको पत्राचारमा ४१ विभिन्न सामग्री सहयोग गरिदिन अनुरोध गरिएको छ ।

मन्त्रालयले अक्सिजन जेनेरेसन प्लान्ट ७ वटा, लिक्विड अक्सिजन १० ट्यांक र प्रतिदिन २० टन अक्सिजन, १० हजार अक्सिजन कन्सन्टेटर, ९ सय भेन्टिलेटर ३० दिनभित्र उपलब्ध गराइदिएर सहयोग गर्न पत्रमा उल्लेख गरेको छ । त्यस्तै ३० दिनभित्र ६० हजार पल्स अक्सोमिटर, हाई फ्लो नेजल क्यानुला (१ हजार) को सहायता मन्त्रालयले माग गरेको छ । मन्त्रालय स्रोतका अनुसार संक्रमणको दर बढ्दै जाँदा हाल मौजुदा पीसीआर किटले दुई साताभन्दा धेरै धान्न नसक्ने आकलन गरिएको छ । त्यसैले मन्त्रालयले आरटी पीसीआर किट २५ लाख १५ दिनभित्र उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

मन्त्रालयले ३ करोड ७ख भ्याक्सिन पनि ३० दिनभित्र उपलब्ध गराइदिन अनुरोध गरेको छ । मन्त्रालले सर्जिकल मास्क ३४ करोड, पन्जा ५० करोड १५ दिनभित्र आवश्यक पर्ने पनि उल्लेख गरेको छ । मन्त्रालयले संक्रमणको दर बढ्दै जाँदा टेन्टमै राखेर भए पनि उपचार गर्नुपर्ने परिस्थिति आउने भन्दै १ सय ५० वटा अस्पताल सञ्चालन गर्न सकिने खालको टेन्ट उपलब्ध गराइदिन अनुरोध गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको अनुरोधमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

त्यस्तै आइसोलेसन सेन्टर स्थापनाका निम्ति १ सय ५० वटा टेन्ट र ८ वटा सूचना–प्रविधि तथा क्लिनिकल म्यानेजमेन्ट कल सेन्टर ३० दिनभित्र स्थापना गरिदिएर सहयोग गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।


प्रकाशित : वैशाख २८, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?