विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको निर्देशन

काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको निर्देशन

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको बैठकले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन दिएको दलका सचेतक देव गुरुङले जानकारी दिए ।

एक बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव गर्दै छन् । त्यसमा हुने मतदानमा माओवादीले विपक्षमा मतदान गर्ने भएको हो ।

यस्तै जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पनि विपक्षमा मतदान गर्ने भएको छ । कांग्रेसले यसअघि नै विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । एमालेको नेपाल–खनाल पक्षका सांसद भने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २७, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?