१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

'ओलीले विश्वासको मत नपाए सरकार गठनमा दाबी गर्ने कांग्रेस र मा‌ओवादीको समझदारी'

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतबीच संसद बैठक सुरु हुनु केहीबेरअघि कांग्रेस संसदीय दलमा भएको छलफलमा यस्तो समझदारी बनेको माओवादी नेता वर्षमान पुनले बताए ।

'ओलीले विश्वासको मत नपाए सरकार गठनमा दाबी गर्ने कांग्रेस र मा‌ओवादीको समझदारी'

प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने दुवै दलको यथावत निर्णय भएकाले विश्वासको मत नपाएपछि कांग्रेस र माओवादीलगायत दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी भएको नेता पुनले बताए ।

बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने बताए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत लिँदै छन्

यस्तै छलफलमा माधव नेपाल पक्षको निर्णय एक स्टेप अगाडि रहेको विश्लेषण गरिएको पुनले बताए । एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नहाल्ने र सांसद पदबाट पनि राजीनामा नदिने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २७, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?