भोलिबाट ओली सरकार जिम्मेवारीमुक्त हुन्छ, केही दिनमै बहुमतको सरकार : श्रेष्ठ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलिबाट ओली सरकार जिम्मेवारीमुक्त हुन्छ, केही दिनमै बहुमतको सरकार : श्रेष्ठ

हरिराम उप्रेती

गोरखा — माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सोमबार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने दावी गरे । 

केही दिनमै बहुमतको नयाँ सरकार बन्ने पनि उनले बताए । ‘माओवादी, नेपाली कांग्रेसलगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमता, अध्यादेशबाट शासन गर्ने शासकीय शैली छ । यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेको उनले बताए । बहुमत सांसदहरुलाई प्रतिनिधित्व गर्ने पार्टीहरुको सहमतिमा बहुमतको सरकार बन्ने उनले बताए । ‘अहिलेको स्थितिमा नेपाली कांग्रेसको तर्फबाट संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने स्थिति छ,’ उनले भने ।

उनले लुम्बिनी सरकार अवैधानिक रहेको भन्दै अवैधानिक तवरले बलजफ्ती सरकार चलाउने काम भइरहेको बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

अक्सिजन अभाव भएपछि सेवा घटाउँदै मेडिकल कलेज

अमृता अनमोल

बुटवल — अक्सिजन अभाव भएको बताउँदै रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सले बिरामीको उपचार गर्न नसक्ने बताएको छ ।

अस्पतालले आइतबार विज्ञक्ष्ति निकाल्दै सोमबारदेखि नयाँ बिरामी भर्ना नलिने एवं सिमित संख्यामा मात्रै बिरामी राख्ने बताएको छ । दैनिक २ सय संक्रमित बिरामीको उपचार गर्ने अस्पतालले त्यसका लागि दैनिक ७ सय सिलिण्डर आवश्यक पर्ने बताएको छ ।

‘दैनिक २ सय गम्भीर प्रकृतिका बिरामीको उपचार गर्दै आएकोमा उपचारमा आवश्यक पर्ने दैनिक ७ सय सिलिन्डरको नियमित व्यवस्थापन गर्न तथा वैकल्पिक व्यवस्था गर्न सहज परिस्थिति सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ , ‘नियमित अक्सिजन आपूर्ति नभएसम्मका लागि सिमित श्य्यामात्रै संचालनमा ल्याइ सेवा प्रदान गरिने छ ।’

जिल्ला प्रशासन कार्यालयले दैनिक ४ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने बताएपनि अस्पतालले तोकिए बमोजिम अक्सिजन नपाएको बताएको छ ।

अस्पतालको विज्ञप्ति :

प्रकाशित : वैशाख २६, २०७८ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×