१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पार्टीलाई मजबुत बनाउने कार्यमा लाग्‍न नेता, कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

पार्टीलाई मजबुत बनाउने कार्यमा लाग्‍न नेता, कार्यकर्तालाई ओलीको आग्रह

आइतबार विज्ञप्ति जारी गर्दै ओलीले विरोधीहरुका स्वार्थलाई मलजल गर्न आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएको बताएका हुन् । ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार बनाउनु हुँदैन आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानीकारक प्रयास भएका छन्,’ ओलीले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानीकारक छन् ।’

पार्टी अध्यक्षको हैसियतमा ओलीले त्यस्ता अपराध कर्ममा संलग्न नहुन सबैलाई आह्वान र आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसको पूर्वसन्ध्यामा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसर्थ सोमबार एमाले विवादको निर्णायक दिन बन्ने पक्का भएको छ ।

पार्टी विभाजन रोक्न गरेको अन्तिम प्रयासस्वरुप ओलीले विज्ञप्तिमार्फत नेता कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।

एमाले अध्यक्षद्वारा जारी विज्ञप्ति


प्रकाशित : वैशाख २६, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?