विश्‍वासको मतको प्रक्रिया सोमबार नै टुंगो लगाइने

कोरोना संक्रमित सांसदहरुलाई विशेष व्यवस्थामार्फत मतदानमा सहभागी गराउने कार्यव्यवस्थाको निर्णय

काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले विश्‍वासको मतको प्रक्रिया सोमबार नै टुंगो लगाउने भएको छ ।

विश्‍वासको मतको प्रक्रिया सोमबार नै टुंगो लगाइने

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत माग्नका लागि बोलाएको प्रतिनिधिसभाको अधिवेशन एक दिनमै सक्ने निर्णय गरेको हो ।

'विश्‍वासको मतको प्रक्रिया भोलि नै सक्ने निर्णय भएको छ,' प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गर्ने निर्णय पनि कार्यव्यवस्थाले गरेको छ । कोरोना संक्रमित भएका दुई दर्जन भन्दा बढी सांसदहरूलाई मतदानमा सहभागी गराउनका लागि विशेष व्यवस्था गर्ने निर्णय भएको हो ।

पीसीआर परीक्षण नगराएका सांसदहरूलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गराउन भन्ने पनि कार्यव्यवस्थाले निर्णय गरेको छ ।

सोमबार १ बजेका लागि प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?