१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

एमालेको खनाल-नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा 

काठमाडौँ — नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको छलफलमा जुटेका छन् । कोभिड-१९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

एमालेको खनाल-नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो ।

२ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् ।

त्यसै विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मतसंख्या पुग्दैन । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?