कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अर्घाखाँची र गुल्मीमा गरी थप ६ संक्रमितको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — कोरोना संक्रमणबाट अर्घाखाँची र गुल्मीमा गरी थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीका दुई र गुल्मीका चार जना छन् ।

अर्घाखाँची र गुल्मीमा गरी थप ६ संक्रमितको मृत्यु

सास फेर्न गाह्रो भएपछि गुल्मीको मुसीकोट नगरपालिका–५ का ४५ वर्षीय पुरुषलाई आफन्तले शुक्रबार लुम्बिनी मेडिकल कलेज पाल्पा पुर्‍याएका थिए । अस्पतालमा पीसीआर परीक्षण गराएर फर्किएका उनको शनिबार साँझ गुल्मीको रिडीमा निधन भएको ५ नम्बर वडाध्यक्ष भागीरथ खरेलले बताए । खरेलका अनुसार रिपोर्ट आउँदासम्म उनी अस्पताल भर्ना नभई सिधै घरमा आएका थिए ।

त्यस्तै कोरोना संक्रमित भएपछि तम्घास अस्पतालमा उपचाररत सत्यवती गाउँपालिका–२ का ७५ वर्षीय पुरुष, वडा नम्बर ४ का ८३ वर्षीय पुरुष र छत्रकोट गाउँपालिका–३ का ४६ वर्षीय पुरुषको आइतबार बिहान अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी गोपाल कार्कीले बताए । उनका अनुसार जिल्लामा कोरोनाले ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

त्यसै गरी तीन दिनदेखि अर्घाखाँची अस्पतालमा उपचाररत दुई जना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । शीतगंगा नगरपालिका–४ की २३ वर्षीया महिला र सन्धिखर्क नगरपालिका–७ का ४० वर्षीय पुरुषको ज्यान गएको जनस्वास्थ्य सूचना अधिकारी विजय विकले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?