वीर अस्पतालको नयाँ भवनलाई कोभिड– १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । 

वीर अस्पतालको नयाँ भवनलाई कोभिड– १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाइड कोभिड- १९ अस्पताल बनाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘त्यो ५०० शय्याबाट सुरु हुन्छ । पछि विस्तार हुन्छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरूको कमान्ड पनि गर्छ ।’

त्यसका लागि मन्त्रिपरिषद् बैठकले काेभिड- १९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पास गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यस्तो निर्णय लिइएको हो ।

यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

प्रकाशित : वैशाख २५, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?