२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कार्य : नेपाल

'कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।'

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ले बताएका छन् ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कार्य : नेपाल

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले सरकारले कोरोना महामारीका बेला जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

उनले लेखेका छन्, 'कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।'

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका छन् । सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

उनले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिन लागेका छन्, हालकै अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । यस्तो अवस्थामा उनले एक दिनअघि संवैधानिक निकायमा नियुक्तिका लागि बैठक डाकेका हुन् ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्‍मा ‘जबर्जस्ती’

प्रकाशित : वैशाख २५, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?