कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पनौतीको अक्सिजन प्लान्ट फेरि चालु

काठमाडौँ — काभ्रेको पनौतीमा रहेको नवज्योति अक्सिजन प्लान्टलाई फेरि सञ्चालनमा ल्याइएको छ । अपरेटरको अभावमा केही समयदेखि बन्द प्लान्ट सैनिक प्राविधिकहरुको सहयोगमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । कोरोना भाइरसको महामारीले संकट बढाएका बेलामा अक्सिजनको माग ह्वात्तै बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत नेपाली सेनालाई अपरेटर पठाएर सहयोग गरिदिनका लागि अनुरोध आएको थियो ।

पनौतीको अक्सिजन प्लान्ट फेरि चालु

‘सेनाले प्लान्ट सञ्चालनमा ल्याउन चार जना प्राविधिक पठाएर पुनः काममा ल्याउन थालिएको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले भने । उनका अनुसार उक्त प्लान्टको एक सय ५० घनमिटर क्युबबराबरको अक्सिजन उत्पादन गर्ने क्षमता छ । ‘त्यहा“का दुई प्लान्टबाट उत्पादन हु“दा एक दिनमा ठूला सिलिन्डर १ हजारदेखि १२ सय वटासम्म भर्न सक्ने रहेछ,’ पौडेलले भने । उक्त प्लान्टले यस अघि त्रिवि शिक्षण अस्पताललगायत अन्य अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउँदै आएको थियो ।

प्रवक्ता पौडेलका अनुसार अक्सिजनका सिलिन्डर ढुवानी गर्नलाई पनि सेनाले चारवटा ट्रक छुट्याएको छ । ‘कसैले आवश्यकता पर्नेबित्तिकै फोन गर्न सक्छन् । हामी सिलिन्डरहरु पुर्‍याइदिन्छौं,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?