१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बंगलादेशबाट १० हजार रेम्डेसिभिर औषधि ल्याइँदै

काठमाडौँ — सरकारले बंगलादेशबाट १० हजार भायल्स रेम्डेसिभिर ल्याउने भएको छ । बंगलादेशको औषधि कम्पनी बेकसिन्को फर्माले ५ हजार भायल्स र बंगलादेश सरकारले थप ५ हजार भायल्स रेम्डेसिभिर नेपाललाई सहयोग गर्न लागेको हो । ढाकास्थित नेपाली दूतावासलाई कम्पनी र सरकारले उक्त रेम्डेसिभिर प्रदान गर्ने कार्यक्रम छ ।

बंगलादेशबाट १० हजार रेम्डेसिभिर औषधि ल्याइँदै

‘नेपालले नै उक्त औषधिलाई ढुवानी गरेर नेपाल ल्याउने छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् । उनले उक्त औषधि कहिलेसम्म नेपाल भित्रिन्छ भन्ने अहिले नै भन्न नसकिने बताइन् । तर छिटोभन्दा छिटो उक्त औषधि ल्याउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिइन् ।

रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो । कोरोना भाइरस लागेका बिरामीहरुलाई उपचार गर्न यो औषधि प्रयोग गरिँदै आएको छ । अहिलेको समयमा उक्त औषधि नेपाली बजारमा कालोबजारी र अभाव भइरहेको छ । सन् २०२० को अगस्ट २७ मा पनि बेकसिन्को फर्माले ढाकास्थित नेपाली दूतावासमा पुगेर नेपाललाई ५ हजार भायल्स रेम्डेसिभिर सहयोग गरेको थियो ।

प्रकाशित : वैशाख २४, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?