एकै दिन ९ हजार २३ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन ९ हजार २३ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रबार ९ हजार २३ जना संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

सोही अवधिमा कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?