पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले गैरकानुनी रुपमा पक्राउ गरिएको उज्यालो नेटवर्क डटकमका पत्रकारद्वयलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । दुर्गालाल लामा र अनिश भन्‍ने श्यामबहादुरलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो ।

पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

उज्यालो नेटवर्क डटकमका पत्रकार अनिश र व्यवस्थापक लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय (रअ)का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति र त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो । फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी मागेको थियो । प्रहरीले किर्ते कागजात तयार पारिएको आरोपमा अनुसन्धानका क्रममा भन्दै उनहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले आफूलाई धरपकड गर्न खोजेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मंगलबार बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रकाशित : वैशाख २४, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?