कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रिय सभा उपनिर्वाचन उम्मेदवारी आज

काठमाडौँ — वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

राष्ट्रिय सभा उपनिर्वाचन उम्मेदवारी आज

वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् । विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ ।

थापालाई उम्मेदवार बनाउँदा जित्न सक्छन् कि सक्दैनन् भनेर एमालेले मतको आन्तरिक हिसाबकिताब गरिरहेको छ । एमाले स्थायी कमिटीको बिहीबारको बैठकमा यो विषयमा पनि कुराकानी भएको थियो । थापाले जित्ने सुनिश्चितता नदेखिए एमालेले अर्को उम्मेदवार खडा गर्ने सम्भावना छ ।

त्यसैगरी, लुम्बनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन जेठ १७ मा हुँदै छ । त्यसका लागि जेठ १ देखि ९ सम्मको निर्वाचन कार्यतालिका आयोगले तयार गरेको छ । राजधानी तोकिएको दाङमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?