कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ह्याम्स र केएमसीले बुझाएनन् स्पष्टीकरण, प्रजिअ भन्छन्, ‘शुक्रबारसम्म नबुझाए कारबाही हुन्छ’

मातृका दाहाल

काठमाडौँ — कोभिडका बिरामीसँग चर्को शुल्क असुलेको उजुरी परेपछि काठमाडौं जिल्ला प्रशासनले स्ष्टीकरण सोधे पनि ह्याम्स र केएमसी अस्पतालले स्ष्टीकरण बुझाएका छैनन् । 

ह्याम्स र केएमसीले बुझाएनन् स्पष्टीकरण, प्रजिअ भन्छन्, ‘शुक्रबारसम्म नबुझाए कारबाही हुन्छ’

कोभिडका विरामीसँग सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी असुलेको भनेर सामाजिक सञ्जालमा यी अस्पतालको चर्को आलोचना भएको थियो । उजुरी परेपछि बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई प्रशासनमा बोलाएर स्पष्टीकरण सोधेका थिए । दुवै अस्पताललाई बिहीबार सम्म लिखित जवाफ दिने समय दिइएको थियो ।

प्रजिअ पराजुलीका अनुसार बिहीबार साँझसम्म दुवै अस्पतालले स्पष्टीकरण बुझाएका छैनन् । ‘शुक्रबारसम्म पनि स्पष्टीकरण नबुझाए कानुनअनुसार कारबाही गरिन्छ,’ पराजुलीले कान्तिपुरसँग भने ।


प्रकाशित : वैशाख २३, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?