उपत्यकामा २४ घण्टामा थपिए ३ हजार ९ सय ७२ कोरोना संक्रमित 

काठमाडौँ — काठमाडौं उपत्यकामा २४ घण्टामा ३ हजार ९ सय ७२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ३ हजार १ सय ६३, ललितपुर ५ सय ६७ र भक्तपुर २ सय ४२ संक्रमित भएका छन् । २४ घण्टामा २० हजार ३ सय ६७ पीसीआर परीक्षण भएको थियो । 

उपत्यकामा २४ घण्टामा थपिए ३ हजार ९ सय ७२ कोरोना संक्रमित 

देशभर बिहीबार ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?