कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

२४ घण्टामा २७ सय ७ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर २ हजार ७ सय ७ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाबाट गरी २७ सय ७ जना निको भएका हुन् ।

२४ घण्टामा २७ सय ७ जना कोरोना संक्रमणमुक्त

यो सँगै निको भएका केसहरु २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो तथ्यांक अनुसार निको भएकाहरुको प्रतिशत ७९.३६ रहेको छ ।

यस्तै सोही अवधिमा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?