२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ — प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना पुष्टि

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।

प्रकाशित : वैशाख २३, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?